कतै जाँदा बाटामै दुईपांग्रे बिग्रियो?, तेस्रो चक्काले मद्दत गर्छ

कतै जाँदा बाटामै दुईपांग्रे बिग्रियो?, तेस्रो चक्काले मद्दत गर्छ

कतै जाँदा बाटामै दुईपांग्रे बिग्रियो?, तेस्रो चक्काले मद्दत गर्छ

दुई पाङ्ग्रे सवारी साधन प्रयोग कर्ताका लागि मर्मत, सर्बिसिङ तथा पाटपूर्जाका लागि भनेर मोबाईल एप्स सार्वजनिक भएको छ।

कतै गन्तब्यमा जाँदा सवारी बाटोमै बिग्रियो र डोहोर्‍याउँदै बनाउने ठाँउसम्म लिएर जानुपर्ने भयो? यस्तो बेला गुणस्तरयुक्त मर्मत अनि पाठपुर्जाका लागि तेस्रो चक्काले सहयोग गर्नेछ।

तपाईँको मोबाइलमा डाउनलोड भएको एप्सले दुई पाङ्ग्रे सवारीमा आएका विभिन्न समस्यालाई समाधान गर्न सहयोगी हुने इम्याट आइटीले जनाएको छ।

सामान्य रुपमा एप्समा आफ्नो जानकारी अनि सवारी साधनको विवरणहरू दर्ता गराएपछि चाहिएको समयमा थर्ड व्हीलमा केवल एक बटन र क्लीक मात्र गरेपछि दुई पाङ्ग्रेका सबै समस्या समाधान हुने कम्पनीले दाबी गरेको छ।

मध्यमबर्गिय आर्थिक स्तर भएका अधिकांश नेपालीहरु दुई पाँग्रे सवारीसाधनमा निर्भर रहका छौं, यसको मर्मत, संभार लगायत आकस्मीक समय अनि डोहोर्याएर बनाउने ठाँउसम्म लिएर जाँदा हाम्रो धेरै समय अनि मेहनत खर्च हुने गर्दछ,’ थर्ड ह्विल नेपालका अरूण कुमार राउतले भने,‘यस्तो अवस्थामा थर्ड ह्वील अर्थात तेश्रो चक्का, दुई पांग्रे सवारीसाधन धनी नेपालीहरुका लागि यस एप्स एउटा बरदान सावीत हुनेछ।’

कम समयमा स्तरीय सेवा र सुविधाका लागि यो एप्स उपयोगी हुने राउतले दाबी गरे। ‘हामी बुझ्छौं कि हाम्रो समय मुल्यवान छ र सवारी साधनको मर्मत संभार लगायतका अनुत्पादक कुराहरुमा अब यहाँहरुले समय खर्च गरिरहनु पर्दैन् । यस मोबाइल एप्स बाट हामी हाम्रा प्रयोगकर्ताहरु लाई बास्तवमै तेश्रो चक्का को सहारा दिन्छौं,’ उनले भने।

सर्भिसिङ या अन्य केही बाइकको मर्मत चाहिएमा घर या कार्यलयबाटै बाइक मर्मतका तेस्रो पाङ्ग्रामार्फत लागि पठाउन सक्नेछन्। समयमै गुणस्तरीय सेवालाई प्रमुख आधार बनाएर निर्माण गरिएको एप्सले दैनिक जीवनमा सहज र परिवर्तन ल्याउने दाबी कम्पनीको छ।

कसरी सेवा लिने?

सबैभन्दा पहिले प्ले स्टोर र एप स्टोरमा गएर ThirdWheelNepal  एप्स डाउनलोड गर्नुहोस्। त्यसपछि दिएको छोटो फारम भर्नुहोस्। जसमा तपाईको बाइक नम्बर दर्ता गर्नुपर्छ। अब सेवा लिन सक्नुहुन्छ। अथवा यसको वेवसाइट  बाट पनि सेवा लिन सकिन्छ।

Source Setopati

Please follow and like us:

Yuvanepal.com

leave a comment

Create Account



Log In Your Account